images

२०८३ आश्विन १ गते

images
images
images
  • शेयर
  • २१ अंकले बजार घट्दा ५ अर्ब...

२१ अंकले बजार घट्दा ५ अर्ब ३८ करोडको कारोबार

२१ अंकले बजार घट्दा ५ अर्ब ३८ करोडको कारोबार

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको कारोबार भएको हो ।यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज जीवन बीमा समूह र जलविद्युत समूहको सेयर मूल्य सर्वाधिक ओरालो लागेको हो । 

    images
    images

    आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानकिर्ताले ४.३८ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.७३ प्रतिशतका दरले गुमाउका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend