काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता सर्तसहित खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी विभागले नयाँ सवारी दर्ता खुला गरेको हो ।विभागले सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई पत्राचार गर्दै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि छुट्टाछुट्टै मापदण्ड तोकेर दर्ता खुला गरिएको जानकारी गराएको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।
काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो । विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ । सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो ।




.gif)



