images

२०८३ आश्विन १ गते

images
images
images
  • प्रविधि
  • मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उल्लेख्य...

मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उल्लेख्य वृद्धि

मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उल्लेख्य वृद्धि

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ ।  पछिल्लो समय नेपालमा नगदको विकल्पमा डिजिटल भुक्तानी प्रणालीप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। ठूला डिपार्टमेन्ट स्टोरदेखि ग्रामीण क्षेत्रका साना चिया पसल र किराना पसलसम्म क्युआर स्क्यान गरेर भुक्तानी गर्ने चलन बढेसँगै यसबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, वालेट, क्युआर कोड र मोबाइल बैंकिङजस्ता डिजिटल माध्यमको प्रयोग व्यापक बनेको छ।यीमध्ये मोबाइल बैंकिङ सबैभन्दा लोकप्रिय र बढी कारोबार हुने माध्यम बनेको छ। जसमा गत आर्थिक वर्ष २०८२/८३ मा ६६ खर्ब ३६ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ (५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ) को तुलनामा २५ प्रतिशतले बढी हो। सहरदेखि गाउँसम्म बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राथमिकतामा राखेका कारण मोबाइल बैंकिङको प्रयोगमा यो उल्लेखनीय छलाङ आएको हो।

    images
    images

    मोबाइल बैंकिङसँगै पछिल्लो समय क्युआरकोड र डिजिटल वालेटमार्फत हुने कारोबारमा पनि सर्वसाधारणको आकर्षण उच्च रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा क्युआरमार्फत हुने भुक्तानी ४० प्रतिशतले बढेर १५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ९ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ मात्र थियो। त्यस्तै, डिजिटल वालेटहरूको प्रयोगमा पनि निरन्तर वृद्धि देखिएको छ। समीक्षा अवधिमा विभिन्न वालेटमार्फत हुने कारोबार करिब १४ प्रतिशतले बढेर ५ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। जबकि अघिल्लो वर्ष यस्तो कारोबार ५ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ थियो।त्यस्तै, विद्युत् सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, दूरसञ्चार सेवा, सामाजिक सुरक्षा भत्तालगायतको रकमको भुक्तानी गर्न सकिन्छ । शिक्षण संस्था विद्यालय÷कलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिलको रकम भुक्तानी गर्न र धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरेबापत सेवाग्राही ग्राहकबाट प्रति भुक्तानी कारोबार गर्न सकिन्छ ।

    त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा इन्टरनेट बैंकिङको कारोबार १६ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ५४ करोड, फास्टर पेमेन्टमार्फत १७ प्रतिशतले बढेर ६३ खर्ब ६२ अर्ब ३९ करोड र कनेक्ट आइपिएसबाट १६ प्रतिशतले बढेर ३४ खर्ब ६५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend