images

२०८३ आश्विन १ गते

images
images
images

दुई महिनामै १ खर्ब ८३ अर्ब राजस्व संकलन, वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हासिल

दुई महिनामै १ खर्ब ८३ अर्ब राजस्व संकलन, वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हासिल

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। भदौ मसान्तसम्म सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाएको हो।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ। गत वर्ष भदौ मसान्तम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौसम्मको संकलन वार्षिक लक्ष्यको ११।५९ प्रतिशत हो।

    images
    images

    संकलित राजस्वमध्ये करबाट १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ र गैरकरबाट १० अर्ब ७८ करोड रुपैयाँ प्राप्त भएको छ।अनुदान तथा अन्य प्राप्तिसमेत जोड्दा सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल सरकारी प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ थियो।यस आधारमा कुल सरकारी प्राप्तिसमेत गत वर्षको तुलनामा २४ अर्ब ५९ करोड रुपैयाँले बढेको देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend