images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सहसचिव पराजुलीको बढुवा र पदस्थापन,सचिव दवाडीको...

सहसचिव पराजुलीको बढुवा र पदस्थापन,सचिव दवाडीको सरुवा

सहसचिव पराजुलीको बढुवा र पदस्थापन,सचिव दवाडीको सरुवा

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । सरकारले एक सचिवको सरुवा तथा एक जना सहसचिवलाई सचिवमा बढुवा गरेर पदस्थापन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । 

    images
    images

    त्यस्तै बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend