नुवाकोट । विदुर नगरपालिका–१० स्वारा डाँडा सिंगालेमा बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।नेपाल मेडिकल एसोसिएसन, VDRC, AmeriCares र विदुर नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा अधिकांश बिरामीमा मधुमेह, उच्च रक्तचाप, सीओपीडी (COPD) तथा क्षयरोग (टीबी) पुनःसंक्रमणको आशंका देखिएको थियो । यस्तै, मेरुदण्ड र घुँडासम्बन्धी समस्याका बिरामीसमेत शिविरमा आएका थिए ।
बच्चा तथा वयस्कमा ज्वरो र माथिल्लो श्वासप्रश्वास संक्रमणका धेरै केससमेत देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।अभियानले प्रभावित समुदायमा स्वास्थ्य सेवा पुर्याउनुका साथै आगामी दिनमा निरन्तर सहयोगका लागि समेत प्रेरणा दिएको आयोजकले जनाएको छ । भोलि अर्को केन्द्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ ।शिविरमा राष्ट्रिय ट्रमा सेन्टरका एमडीजीपी तथा इमर्जेन्सी मेडिसिनका डा. सरोज गोहीवर, सिनियर मेडिकल अफिसरहरू डा. चितेश यादव र डा. पुनम पाण्डे, नर्सिङ स्टाफ प्रितिका चौधरीलगायत स्वास्थ्यकर्मी तथा सम्बन्धित संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।




.gif)



