काठमाडौँः ६ मंसिर, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरणका लागि मंसिर ९ गते, आइतबार, बुक क्लोज गर्नेछन्। यस अनुसार, मंसिर ६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
ग्लोबल आइएमई बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान १० बजे, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुनेछ।
यस्तै, प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना हुनेछ।




.gif)





