images

२०८३ आश्विन २ गते

images
images
images

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुल्यो

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुल्यो

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ ।

    images
    images

    १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

    हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

    images
    images

    निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ । इक्रा नेपालले कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, एनएलजी इन्स्योरेन्सको तोकिएका शाखा तथा आफ्नो खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend