images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आज सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३...

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाण्डौं। आज नेप्सेमा सूचीकृत सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ ।

    images
    images

    आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।  एनआरएन इन्फ्रास्ट्रक्चर र सूर्यज्योति लाइफले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते  बुकक्लोज गर्दैछन्।

    एनआरएन इन्फ्रास्ट्रक्चले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले लाभांश पारित गर्न आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजे देखि साधारण सभा बोलाएको छ।

    images
    images

    यस्तै सूर्यज्योति लाइफले गत आवका लागि हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)प्रस्ताव गरेको छ।यो लाभांश कम्पनीको आगामी पुस ६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

    फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको १५ औं साधारण सभा पनि पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजे देखि सुरु हुनेछ उक्त सभाले संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend