images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • गण्डकी प्रदेशमा चालु वर्षमा धान...

गण्डकी प्रदेशमा चालु वर्षमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो

गण्डकी प्रदेशमा चालु वर्षमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • कास्की । गण्डकी प्रदेशमा धान खेतीको उत्पादन घटेको छ । प्रदेशमा चालु वर्ष २०८१-०८२ मा ३.२२ प्रतिशतले धान उत्पादन घटेको हो। कृषि विकास निर्देशनालय गण्डकीका अनुसार ९७ हजार ९५७ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन उत्पादन भएको हो । प्रति हेक्टर उत्पादकत्व ३.८७ मेट्रिक टन उत्पादन भएको हो । गत वर्ष गण्डकीमा १ लाख १ हजार ९२३ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ९१ हजार ६२४ मेट्रिक टन फलेको थियो । प्रति हेक्टर उत्पादकत्व ३.८४ मेट्रिक टन भएको हो ।

    images
    images

    निर्देशनालयकी कृषि अधिकृत रञ्जना पोखरेलले गतवर्षको भन्दा ३ हजार ९६६ हेक्टर कम क्षेत्रफलमा रोपिएको धानको उत्पादन घटेपनि उत्पादकत्व भने ०.०३ बढेको वृद्धि भएको बताउनुभयो । गाउँघरमा मानिसहरु बस्न कम हुँदा धान उत्पादनमा समेत कमी आएको उहाँले बताउनुभयो । "सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर बस्न थाले । खेतहरु बाँझा छन् । घर रित्तै छन । युवाहरु विदेश पलायन गाउँघरमा जनशक्ति कम हुँदा उत्पादन हुनै छाड्यो," उहाँले भन्नुभयो । 

    गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा धान खेती गरिन्छ । नवलपुरमा अन्तको तुलनामा धेरै धान फलेको तथ्याङकले देखाउँछ । नवलपुरमा चैते र बर्खे गरेर ७८ हजार ६१३ मेट्रिक टन धान फल्यो । १९ हजार ३९४ हेक्टरमा किसानले धान लगाएका हुन् । कृषि विकास निर्देशनालयको तथ्याङक अनुसार यसपालि सबैभन्दा कम १३ हजार ६६४ मेट्रिक धान म्याग्दीका उत्पादन भएको छ । कास्कीमा ६२ हजार ९८८, स्याङजामा ५७ हजार ५०२, तनहुँमा ४४ हजार २३८, गोरखामा ४३ हजार ५४, लमजुङमा ३१ हजार ५३९, पर्वतमा २६ हजार ८३९, बागलुङमा २० हजार ५९५ मेट्रिक टन धान फलेको छ ।

    images
    images

    गण्डकीका खेतमा साबित्री, रामधान, सुक्खा, महाराजा, मन्सुली, आइआर, जेठोबुढो, गुर्दि, पहेले, गौरिया, मार्सी, सेतो र लामो झिनुवा, एक्ले लगायतका धान रोपिन्छ ।धान खेती लमजुङको करापुटार, सोतिपसल, सुन्दरबजार, उदीपूर, कास्कीको लेखनाथ, पामे, आर्वा, लाहाचोक, घाचोक, मकैखोला, गोरखाको आरुघाट, पालुङटार, छेवेटार, तनहुँको चुदीफाँट, साँगेफाँट, कलेस्ती, सत्रसय, पर्वतको फलेवास, जलजला, कुश्मामा धानखेतीको लागि पकेट मानिन्छ । 

    यस्तै, बागलुङका ब¥याङ, गल्कोट, जैमिनी, बडिगार्ड, नवलपुरको मध्यविन्दु, कावासोती, गैंडाकोट नगरपालिका, विनयी त्रिवेणी, स्याङजाको पुतलीबजार, चापाकोट, वालिङ, गल्याङ म्याग्दीको घार ताकम, घतान, धारापानी, सिमखेतमा धान खेती हुन्छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend