images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हकप्रदमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको...

हकप्रदमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउँदै

हकप्रदमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउँदै

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

    images
    images

    माघ २० गतेदेखि २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा आउन लागेको हो ।

    एनएलजीका कार्यालयहरु बिराटनगर, विरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीबाट फारम लिन र आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक सूचनामार्फत जनाएको छ ।काठमाडौंमा क्यापिटलको कमलपोखरी शाखाबाट आवेदन दिन सकिनेछ । संस्थापक समूहको सेयरमा कम्तीमा १ हजर र सर्वसाधारण समूहकोमा कम्तीमा १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    images
    images

    यसअघि कम्पनीले मंसिर ११ देखि हकप्रद सेयरमा आवेदन खुलाएको थियो । तोकिएको चुक्ता पूँजी पुर्‍याउनका लागि १० सेयर बराबर ६‍‍‍.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend