images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आठौँ चेम्बर एक्स्पो माघ १७ देखि...

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।   नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको 'चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकु‌टीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुँदै छ । 

    images
    images

    अन्तर्राष्ट्रिय स्तरको Software and Al Project सहित आठौँ नेपाल चेम्बर EXPO माघ १७ देखि २१ गते ५ दिन सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले व्यापार मेला गर्न लागेको हो। नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । 

    images
    images

    क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend