images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने...

ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक

ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ।सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो। सरकारले यो विधेयक संसदमा पेस गरेको हो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही शर्तहरू पालना गर्नुपर्ने उक्त विधेयकमा उल्लेख गरेको छ।

    images
    images

    ‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।’यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचनाको तोडमरोड गरी प्रसार गर्न नहुने, निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने लगायत पनि यस विधेयकमा उल्लेख छ।सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाईको मौका दिइने पनि उल्लेख गरेको छ ।

    -कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !
    - कसैलाई Scam गरे 15 लाख जरिवाना अथवा 3 वर्ष कैद वा दुबै सजाय हुने,
    -कसैको Fake id बनाएर चलाए 5 वर्ष कैद अनि 15 लाख जरिवाना वा दुबै सजाय हुने,
    -कसैलाई झुठो आरोप तथा धम्की दिने जस्ता काम गरे 3 वर्ष कैद अथवा 5 लाख जरिवाना वा दुबै सजाय हुने,
    -कसैको personal photo /video /Audio सार्वजनिक गरे 3 वर्ष कैद र 15 लाख जरिवाना अथवा दुबै सजाय हुने,
    -कसैको Deep Fake video सार्वजनिक गरे 2 वर्ष कैद 3 लाख जरिवाना वा दुबै सजाय हुने,
    -बिना register social media चलाए २५ लाख सम्म जरिवाना हुने,
    -कसैले कानुन विपरीत गरेको post अरुले Post, Share, like, react, live, subscribe, comment, Tag, # tag वा mention गर्न समेत गर्न नपाइने भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend