images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई...

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • बाँके, १५ माघ । बाँकेको जाडोग्रस्त क्षेत्रमा ज्येष्ठ नागरिकहरूका लागि राहत वितरण गरिएको छ।

    images
    images

    जिल्ला विपद् व्यवस्थापन केन्द्रका अनुसार आठ स्थानीय तहमा एक हजार तीन सय ५९ कम्बल वितरण गरिएको हो।

    सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ५८४, कोहलपुर नगरपालिकामा ४७५ र खजुरा गाउँपालिकामा ३०० थान कम्बल वितरण भएको छ। साथै स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ र केही ज्येष्ठ नागरिकलाई फाइबर सिरक पनि दिइएको छ।

    images
    images

    विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयबाट सहुलियत दरमा ६१ क्विन्टल दाउरा खरिद गरी वितरण गरेको छ। अझै पनि नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, राप्ती सोनारी लगायतका स्थानीय तहमा कम्बल मौज्दात रहेको र वितरण कार्य जारी रहेको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो।

    चिसो बढेपछि यहाँका विद्यालयहरूले माघ ९ देखि १३ गते सम्म जाडो बिदा दिएका थिए। नेपालगञ्ज क्षेत्रमा बिहानीपख बाक्लो हुस्सु लाग्ने गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend