images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • फोनपे बिल्सबाट बीमा प्रिमियम तिर्दा १५...

फोनपे बिल्सबाट बीमा प्रिमियम तिर्दा १५ हजारसम्म क्यासब्याक

फोनपे बिल्सबाट बीमा प्रिमियम तिर्दा १५ हजारसम्म क्यासब्याक

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एपमार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको जनाएको छ । यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्याशब्याक (१५ हजार रूपैयाँसम्म) प्राप्त गर्ने छन् ।  

    images
    images

    यो अभियान माघ ३० सम्म चल्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ । सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रको लागि योग्य हुने र १०० प्रतिशत क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    यसमा सहभागी हुन आफ्नो मोबाइल बैंकिङ एप खोलेर फोनपे बिल्स वा अनलाइन भुक्तानी सेक्सनमा जानु पर्नेछ । त्यसपछि बीमा विकल्प छनौट गरी आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम छनौट गरेर भुक्तानी गर्नुपर्नेछ ।

    images
    images

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend