images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • नवलपुरमा ९ करोड रुपैयाँ बराबरको सुन्तला...

नवलपुरमा ९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

नवलपुरमा ९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • नवलपुर (नवलपरासी) यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा  नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

    images
    images

    कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए। जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ ।

    गत वर्ष कूल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो । “अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ”, सूचना अधिकारी काफ्लेले भने, “यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको  छ ।” जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ ।

    images
    images

    “जोन लागू भएपछि किसानले बिरुवामा अनुदान सहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्”, उनले भने, “यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।”

    जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको  छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend