images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • हुम्लाको उत्तरी क्षेत्र लिमी लगायतका उच्च...

हुम्लाको उत्तरी क्षेत्र लिमी लगायतका उच्च क्षेत्रमा हिमपात

हुम्लाको उत्तरी क्षेत्र लिमी लगायतका उच्च क्षेत्रमा हिमपात

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • हुम्ला । जिल्लाको उत्तरी क्षेत्र लिमीलगायतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । मङ्गलबार रातिदेखि ती क्षेत्रहरुमा हल्का हिमपात भइरहेको हो ।

    images
    images

    नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीलगायत उच्च स्थानमा हिमपात भइरहेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँले मङ्गलबार रातिबाट हल्का हिमपात हुने क्रम जारी रहेको र जमिनमा हिउँ जम्न सुरु भएको जानकारी दिनुभयो ।

    लिमीमा यस वर्षको यो छैटाैं हिमपात हो । उहाँका अनुसार लिमीका तीन वटै गाउँ तील र जाङका साथै लाप्चा, ताक्ची, न्यालु, नारा, यारी मुचुमा पनि हिमपात भइरहेको छ । उहाँले खासै बाक्लो हिमपात नभए पनि हिउँ पर्ने क्रम जारी रहेको बताउनुभयो । तर नारा, न्यालु र लाप्चामा भने बाक्लो हिमपात भइरहेको छ ।

    images
    images

    हिमपातसँगै चिसो बढेका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । तापक्रम पनि माइनसमा झरेको कारण चिसो बढेको बताउनुहुँदै उहाँले चिसोका कारण पशुवस्तु पनि गोठभित्रै राखिएको बताउनुभयो ।

    सिमकोटमा परेन हिउँ
    जिल्लाका उच्च क्षेत्रमा हिमपात भए पनि सदरमुकाम सिमकोटमा भने यस पटक पानी मात्र परेको छ । मङ्गलबार सुरुमा हिउँ पर्न सुरु भए पनि त्यसपछि रातभर वर्षा भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

    यसअघि जहिले पनि फागुन महिनासम्म सिधै हिउँ पर्ने सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा यस पटक हिउँ सट्टा वर्षा मात्र भएको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि माघ महिनामा वर्षा भएको हुन सक्ने उहाँले बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend