images

२०८३ आश्विन २ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण

नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गर्ने निर्णय गरेको छ।

    images
    images

    बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१, टाँडीस्थित केन्द्रीय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई, भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी संघ लिमिटेडको भवनमा सार्ने निर्णय गरेको हो ।

    यस स्थानान्तरणका कारण बैंकको डाटा सेन्टर र सर्भर प्रणाली पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बैंकिङ सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुनेछन्। यसै कारण, माघ २५ गते शुक्रबार अपरान्ह १ बजेदेखि माघ २७ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछ।

    images
    images

    बैंकले स्थानान्तरणका क्रममा ग्राहकहरूलाई पर्ने असुविधाको लागि क्षमा प्रार्थना व्यक्त गरेको छ र शीघ्र सेवामा पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend