images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक...

‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’

‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्य सहित सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको तीन संगठनले बताएका छन् ।

    images
    images

    शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले यस्तो बताएका हुन् ।

    बैंकिङ क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र नीति/नियमका अधिनमा रहेर प्रत्येक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने गरेको उनीहरूले बताएका छन् ।

    images
    images

    यसले नेपालको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ ।‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थामा जोखिम बहन गर्ने क्षमता भएको र आजका दिनमा यी संस्था सुरक्षित रहेको बेहोरा स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा छ ।

    यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति यी संस्थाले ध्यानाकर्षण गराएका छन् ।

    सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको समेत स्मरण गराइएको छ ।

    सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना/समाचार मात्र आधिकारिक रूपमा लिनसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend