काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सक सहितका स्वास्थ्यकर्मी माथि आक्रमण भएको भएको हो।
शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगर लगायत अन्य स्वास्थ्यकर्मी माथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
घटनामा रामेछापको गोकुल गंगा गाउँपालिका–६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ ।




.gif)





