images

२०८३ आश्विन २ गते

images
images
images

संघीय संसद्‌का दुवै बैठक आइतबार बस्दै,कार्यसूचीसहित

संघीय संसद्‌का दुवै बैठक आइतबार बस्दै,कार्यसूचीसहित

images
images
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • संघीय संसद्‌का दुवै बैठक आइतबार बस्दैछ। बैठकको अघिल्लो दिन आज शनिबार संसद्‍ सचिवालयले प्रतिनिधि सभामा ७ वटा र राष्ट्रिय सभामा ३ वटा सम्भावित कार्य सूची सार्वजनिक गरेको छ।

    images
    images

    दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८१ पारित गर्ने तयारी छ। बैठकको सम्भावित कार्य सूचीमा अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदन सहित उक्त विधेयक पेस गर्ने र विधेयकमाथि छलफल सकेर निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ। 

    यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। शुक्रबार बसेको बैठकमा मन्त्री चौरसिया झुक्किए पछि यो विधेयक पारित हुन सकेको थिएन। 

    images
    images

    प्रतिनिधि सभा बैठकमै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सँगै नेपाल प्रहरी विधेयक २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक २०७१ प्रस्तुत गर्ने भएका छन्।

    त्यसअघि अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ फिर्ता लिने प्रस्ताव गर्ने छन्। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ पेस गर्ने सम्भावित कार्य सूची रहेको छ। 

    आइतबार सवा १ बजे सुरु हुने राष्ट्रिय सभा बैठकमा भने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१।०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन, पेस गर्ने भएका छन्।

    पौडेलले प्रतिनिधि सभामा भने शुक्रब‍ार उक्त प्रतिवेदन पेस गर्दै बजेटको आकार घटाएको जानकारी दिएका थिए।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ पेस गर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्जालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend