images

२०८३ आश्विन २ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट संचालनमा आउने

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट संचालनमा आउने

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालयलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० स्थित वाइपास रोड, जिल्ला सहकारी संघ लिमिटेडको नवनिर्मित भवनमा स्थानान्तरण गरिसकेको छ।

    images
    images

    यस स्थानान्तरणको निर्णय बैंकको २२ औं साधारण सभामा लिइएको थियो। यसै क्रममा, बैंकले हाकिमचोक स्थित शाखा कार्यालयसमेत एकै साथ सेवा शुभारम्भ गरेको छ।

    बैंकले २०५८\०६\१२ गतेदेखि चितवन जिल्लामा आफ्नो बैंकिङ्ग कारोबार संचालन गर्दै आइरहेको थियो र अब आधुनिक बैंकिङ्ग प्रणालीलाई अपनाउँदै, थप सुविधा सम्पन्न र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हो।

    images
    images

    नयाँ स्थानमा, बैंकले ग्राहकहरूलाई अझ प्रभावकारी र कुशल सेवा उपलब्ध गराउने योजना बनाएको छ। यस कदमले चितवनको व्यापारिक केन्द्र भरतपुरलाई थप प्रवर्द्धन गर्ने र ग्राहकहरूसम्म सेवा पुर्‍याउने मौका दिने छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend