images

२०८३ आश्विन २ गते

images
images
images

सुदूरपश्चिम सरकार ४३ जना सांसदका लागि आधा करोड खर्चेर नयाँ ल्यापटप खरिद गर्दै

सुदूरपश्चिम सरकार ४३ जना सांसदका लागि आधा करोड खर्चेर नयाँ ल्यापटप खरिद गर्दै

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूका लागि नयाँ ल्यापटप खरिद गरि दिने भएको छ । प्रदेश सरकारको आर्थिक मामला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप खरिद गर्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए । 

    images
    images

    उनले भने, “४३ जना सांसदलाई ल्यापटप खरिद गर्नका लागि टेन्डर आह्वान गरेका छौँ,” मन्त्रालयले यसका लागि ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । जसमध्ये मन्त्री पदमा रहेका १० जनालाई छोडेर बाँकी ४३ जनाका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको हो । 

    यसअघि प्रदेश सरकारको अघिल्लो कार्यकालका सांसदहरूका लागि पनि ल्यापटप खरिद गरि दिएको थियो । “यस पटक चुनाव लड्नु भएका सांसदले पहिल्यै नै ल्यापटप फिर्ता गर्नु भएको थियो । चुनाव नलड्ने धेरैले अहिलेसम्म पनि ती ल्यापटप फिर्ता दिनु भएको छैन । धेरै पटक ताकेता गर्दा पनि फिर्ता नगरेपछि नयाँ ल्यापटप किन्न लागेका हौँ,” उनले भने । 

    images
    images

    गत कार्यकालमा खरिद गरिएका ल्यापटप कमसल भएकाले काम गर्न समस्या भएको जिकिर उनले गरे । उनले भने, “स्टोरेज पनि कम थियो । चलाउँदा पनि स्लो हुन्थ्यो । त्यही भएर धेरै जनाले पुराना ल्यापटप फिर्दा गरि दिनु भयो । मैले पनि काम नलाग्ने भएर ल्यापटप फिर्ता गरेको छु ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend