images

२०८३ आश्विन २ गते

images
images
images

सिन्धु विकास बैंक ५० प्रतिशत हकप्रद निष्कासन गर्दै , मर्जरमा जान पनि तयारी

सिन्धु विकास बैंक ५० प्रतिशत हकप्रद निष्कासन गर्दै , मर्जरमा जान पनि तयारी

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । सिन्धु विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो ।

    images
    images

    साथै बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं वार्षिक साधारण सभा फागुन २८ गते काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने जनाएको छ ।

    बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।  प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको  प्रस्ताव गरेको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।  

    images
    images

    यस्तै, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ ।  

    67ac455d3e02e.png

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend