images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनदेखि सार्वजनिक भएका विद्यालय बस दुर्घटना र विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।शुक्रबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिव कुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको दक्षिणकालीमा माघ २७ गते श्री जुनकिरी ईग्लिस बोर्डिङ स्कूलको विद्यार्थी बोकेर फर्कदै गरेको विद्यालय बस र काठमाडौंकै शङ्खरापुरमा माघ ३० गतेका दिन पिकनिकबाट विद्यार्थी बोकेर फर्कदै गरेको बस दुर्घटना भई विद्यार्थी घाइते तथा मृत्यु भएका दुखद् समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।दुर्घटनामा परेर मृत्युवरण भएका विद्यार्थीप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । सम्पूर्ण घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    images
    images

    मन्त्रालयले यस सन्दर्भमा नेपाल सरकारद्वारा जारी गरिएको स्कूल बस निर्देशिका, २०७४ बमोजिम विद्यार्थी ओसारपसार गर्ने सवारी साधन पहिचानको मापदण्ड तथा भौतिक मापदण्ड पालना गर्नुपर्ने व्यवस्थाबारे स्मरण गराएको छ।

    ‘सोही निर्देशिकामा चालक तथा परिचालकका दायित्व, विद्यालयको दायित्व, अभिभावकको दायित्व र विद्यार्थीको दायित्व समेत उल्लेख गरिएका छन् । तसर्थ, विद्यालय बस सञ्चालनका लागि तोकिएका मादण्ड पालना गर्ने गराउने, अनुगमन गर्ने र दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषी उपर हदैसम्मको कारवाहीका लागि पहल गर्ने सम्बन्धमा सम्बन्धित सबै मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष हार्दिक अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images
    images

    त्यस्तै मन्त्रालयले हालै मात्र तनहुँ जिल्लाको भिमादस्थित श्री प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कार्यरत लेखापालले विद्यार्थीको गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमस्थित एच पाठशालाका शिक्षकको यातनाका कारण एक विद्यार्थीको देब्रे आँखा फुटेको घटनाप्रति गम्भीर रुपले लिएको जनाएको छ ।विद्यालय सिकाइको थलो भएको र विद्यालयमा दिइने कुनै पनि किसिमको सजाय कानुनद्वारा वर्जित रहेको हुँदा त्यस्तो कार्य बालअधिकारको समेत गम्भीर उल्लङ्घन भएको मन्त्रालयको भनाइ छ ।

    ‘बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ अन्तर्गत विद्यालयमा शारीरिक तथा मानसिक सजायविहीन एवम् भयरहित बालमैत्री शिक्षणको परिकल्पना गरिएको छ । डर त्रासबाट सिकाइमा सहयोग पुग्दैन भन्ने मान्यता स्थापित सिकाइका सिद्धान्त र अनुसन्धानहरूबाट प्रमाणित तथ्य हो । त्यसैले विद्यालयभित्र विद्यार्थीका उपर घटेका फौजदारी कसुर मानिने हिंसात्मक कार्यहरू जस्ता पक्षको गहिरो निगरानी राख्ने तथा दोषीको पहिचान गरी बालबालिकासम्बन्धी ऐन, २०७५ जस्ता कानुन बमोजिम कारवाहीको पहल गर्नेतर्फ सम्पूर्ण अभिभावक वर्ग, स्थानीय तह र स्थानीय प्रशासन हमेशा सजग र सक्रिय रहन मन्त्रालय अनुरोध गर्दछ’ मन्त्रालयले भनेको छ ।

    मन्त्रालयले विद्यार्थी सवार हुने सवारी साधनहरू चुस्त दुरुस्त राख्ने, पुराना सवारी साधन उपयोग नगर्ने, पिकनिक र शैक्षिक भ्रमण लगायतका कार्यक्रम औचित्यका आधारमा मात्र आयोजना गर्ने गराउने, सवारी चालक तथा सवारी साधनका लागि स्वीकृत मापदण्ड पालना गर्ने गराउने, विद्यालयमा शारीरिक तथा मानसिक दण्ड सजाय निर्मूल गर्ने जस्ता विषयमा सम्पूर्ण सरोकारवालाको सार्थक प्रयत्नका लागि समेत अपीलसमेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend