images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ ।डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो ।

    images
    images

    हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उनले जानकारी दिए । उनका अनुसार कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ ।

    विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी हाल क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ । “सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बिपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो”, योगेशले भने । उनका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत सुरु भएको हो । योगेशले भने, “मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ ।”साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

    images
    images

    निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताएका थिए । उनले शुक्रबार मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराएका थिए ।मन्त्री दाहालले स्रोतको अभावका कारण क्षतिग्रस्त उक्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामासमेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचना बनिरहेको बताए । राजमार्गको पुरानो रेखाङ्कन र स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले पुनःनिर्माणका क्रममा नीतिगत समस्या र स्रोतको अभाव भएको उनको भनाइ थियो ।

    यसैबीच कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब नौ अर्ब ५० करोड बढी लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको होउक्त सडकमा तीन किसिमका वाल (आरसिसी रिटेनिङ, प्लम र गेभिएन) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । “अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिएको छ । तर पहिला पुल बनाउने कि, वाल भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ”, इञ्जिनीयर योगेशले भने । उनका अनुसार खोला आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ, भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

    पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक निर्माण हुने यागेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।तत्कालीन अवस्थामा २६ विलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक विलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग बाढीपहिरोले क्षति पु¥याएपछि कतै एकतर्फी, कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend