images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • सामाजिक सञ्जाल विधेयक फिर्ता लिनुपर्छ, स्वतन्त्रता...

सामाजिक सञ्जाल विधेयक फिर्ता लिनुपर्छ, स्वतन्त्रता नियन्त्रण गर्न पाइँदैन : कोइराला

सामाजिक सञ्जाल विधेयक फिर्ता लिनुपर्छ, स्वतन्त्रता नियन्त्रण गर्न पाइँदैन : कोइराला

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरि ल्याएको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

    images
    images

    नेता कोइरालाले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ। यो विधेयक भर्खर संसद्‌मा गएको छ । छलफल हुनः बाँकी नै छ। तर जसरी यो विधेयक आएको छ। र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ। नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन। कुनैपनि हालतले यो विधेयक फिर्ता गरीकन स्टेक होल्डरहरुसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ।’ 

    सुशासन र संविधान संशोधन गर्न भनेर दुई ठूला दल मिलेर सरकार बनाएको स्मरण गर्दै उनले भने, ‘राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो। तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसद्लाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अपठ्यारोमा पारिरहेको छ। अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्नेकुरा पछिको कुरा हो। संसद् बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ। के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्नेकुरामा सरकारले जवाफ दिनुपर्छ।’कोइरालाले सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाएका छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend