images

२०८३ आश्विन २ गते

images
images
images

गुल्मीमा २४ करोड बढीको सुन्तला उत्पादन

गुल्मीमा २४ करोड बढीको सुन्तला उत्पादन

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • गुल्मी । गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यस जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो । गत वर्ष २३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्ष १२ करोड रुपियाँ बराबरको सुन्तला बाहिरी जिल्लामा निर्यात भएकोमा यस वर्ष १३ करोड रुपियाँ बराबरको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । 

    सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटहरुले फलदिन सुरु गर्नु, समय–सयमयमा कृषकरुले सुन्तलालाई उचित मल तथा सिचाइ गर्नु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारणहरु रहेको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीका प्रमुख गङ्गा पोख्रेलले बताउनुभयो । यस जिल्लामा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाहरुले लामो समयसम्म फल दिने गर्दछन् ।

    images
    images

    यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेँद र जरा कुहिने समस्या देखिने गरेको कृषकहरुले बताएका छन् । यस जिल्लाका १२ पालिकाअन्तर्गतका ३७ वडामा सुन्तलाजात फलफुल जोन कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवती गाउँपालिकाको लिम्घा लगायतका विभिन्न ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दी समेत गरिएको छ । 

    सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जातहरु पहिचान गरि तिनको व्यवसायिकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा लागिएको छ । सुन्तलाको बगैचा सुधारका साथै मलखादको व्यवस्थापन, सिचाइ र बोटहरु काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजनाले जनाएको छ । 

    गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, काली गण्डकीको अर्बेनी, जयखानी, चन्द्रकोटकोे रेमी, सत्यवती  र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend