images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको...

अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको झन्झट हट्ने

अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको झन्झट हट्ने

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । गुगलले जिमेल अकाउन्ट भेरिफिकेसनका लागि एसएमएस कोडको सट्टा क्यूआर कोड प्रयोग गर्ने तयारी गरेको छ । अब नयाँ डिभाइस वा प्लेटफर्ममा जिमेल लगइन गर्नुपर्दा एसएमएसमार्फत कोड प्राप्त गर्ने झन्झट हट्नेछ ।

    images
    images

    हाल जिमेल लगइन गर्दा प्रयोगकर्तालाई ६ अंकको ओटीपी (वन टाइम पासवर्ड) एसएमएसमा पठाइन्छ । यसलाई इनपुट गरेपछि मात्रै लगइन गर्न सकिन्छ । तर कहिलेकाहीँ एसएमएस ढिलो आउनु, नआउनु वा ह्याकिङ तथा स्क्यामको जोखिम बढ्नुजस्ता समस्याले प्रयोगकर्तालाई असहज बनाएको छ ।

    यी समस्यालाई समाधान गर्न गुगलले एसएमएसको साटो क्यूआर कोडमार्फत भेरिफिकेसन गर्ने प्रणाली ल्याउने तयारी गरेको हो । जिमेलका प्रवक्ता रोस रिचेन्डफरका अनुसार अब भेरिफिकेसनका लागि मोबाइलको क्यामेराले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । यसले ह्याकर वा स्क्यामरले कोड चोर्ने सम्भावना हटाउने बताइएको छ ।

    images
    images

    एसएमएस भेरिफिकेसनभन्दा क्यूआर कोड सुरक्षित मानिए पनि प्रयोगकर्ताका लागि अलि झन्झटिलो लाग्न सक्छ । यद्यपि, यसले अकाउन्टलाई सुरक्षित बनाउने भएकाले निकट भविष्यमा एसएमएसको साटो क्यूआर कोडमा रूपान्तरण गरिने गुगलले उल्लेख गरेको छ । कम्पनीले यो प्रणाली कहिलेदेखि उपलब्ध हुन्छ भन्ने जानकारी दिइसकेको छैन । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend