images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • दुई सिफ्टमा अपरेसन थाल्ने वीरको तयारी,...

दुई सिफ्टमा अपरेसन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

दुई सिफ्टमा अपरेसन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेुस गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए ।

    images
    images

    "अहिले एक सिफ्टमा भइरहेको छ । एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौँ," उनले भने ।

    ल्याबको क्षमतामा वृद्धि

    images
    images

    निमित्त निर्देशक गौतमका अनुसार, अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको छ । "ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ," उनले भने, "बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।"

    डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइएको बताए । "अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ," उनले भने, "अब पहिलेभन्दा महिनामा २०० जनाले बढी सेवा लिन पाउनेछन् ।"

    अस्पतालमा सफाइको काम सुरु

    वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइलाई लिएर खेप्ने गरेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताए ।

    डा. गौतम एक साताअघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend