काठमाडौंः संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छन् । संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय बैठक दिउँसो १ बजे देखि सुरु हुने छन् ।
आजको प्रतिनिधिसभा बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापन सम्बन्धी कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।
यस्तै, व्यवस्थापन कार्यअन्तर्गत आज ऊर्जामन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यस्तै, आजको राष्ट्रियसभा बैठकमा मन्त्री सँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९।८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।




.gif)





