images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा...

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा शुरू

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा शुरू

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा शुरू भएको छ । बिरामीको बढिरहेको चाप अनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा शुरू गरेको हो । 

    images
    images

    अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवामा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताए ।

    यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । 

    images
    images

    वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल शुरू गरेको हो । ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरू भएका छन्’,  उनले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’

    आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए ।दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने उनले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend