images

२०८३ आश्विन २ गते

images
images
images

फोनपेद्वारा 'सक्षम नारी' अभियान शुभारम्भ

फोनपेद्वारा 'सक्षम नारी' अभियान शुभारम्भ

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौँ । नेपालको प्रमुख र सबैभन्दा विश्वासनीय भुक्तानी नेटवर्क फोनपेले “सक्षम नारी” नामक नयाँ अभियानको शुभारम्भ गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित रहेको कम्पनीले जनाएको छ।

    images
    images

    यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु भएको बताइएको छ । कम्पनीका अनुसार अभियानले महिलाहरुलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ। साथै, महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ। 

    सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन्। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेताले (कुल ‘छ’भाग्यशाली विजेता) श्री नटराज ज्वेलर्स बाट विशेष हीरा गहना प्राप्त गर्नेछन्। साथै, प्रत्येक बैंकबाट ५० महिला विजेताहरूलाई (कुल ३०० महिला)रु. १,००० को शपिंग भाउचर प्रदान गरिनेछन्|  

    images
    images

    अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेकी मार्केटिंग प्रमुख सलिना नकर्मीले भनिन्, “आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा महिलाहरूको बीचमा एक ठूलो अन्तर रहेको छ, जहाँ महिलाहरू मात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्ताहरूमा सीमित छन्| हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन, हामी ‘सक्षम नारी’ अभियानलाई पुनः सुरु गर्दैछौं—यो एक brand building पहल हो जसले महिलाहरुलाई डिजिटल वित्तीय साक्षरतामार्फत सशक्त बनाउने उद्देश्य राख्छ| यो अभियान नेपालको डिजिटल परिवर्तनलाई अघि बढाउने र सबैको लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य राख्दछ।” 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend