काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।




.gif)





