images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा...

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं। २७ फागुन२०८१ःभिसा(NYSE ; V) विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणाली मार्फत भुक्तानी गर्न सक्षम बनाउनू स्क्यान टु पेू सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहजर सुविधाजनक बनाउने अपेक्षा छ।

    images
    images

    भिसा र फोनपेको यो स्क्यान टु पेू सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी QR  भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउने छ।अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे QR स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।

    भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न रजुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं। यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थपनवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं।”

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend