images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • स्नायुसम्बन्धी उपचारका लागि वीर अस्पतालमा अत्याधुनिक...

स्नायुसम्बन्धी उपचारका लागि वीर अस्पतालमा अत्याधुनिक सेवा सञ्चालनमा

स्नायुसम्बन्धी उपचारका लागि वीर अस्पतालमा अत्याधुनिक सेवा सञ्चालनमा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं ।  वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको छ ।

    images
    images

    अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकाको क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले बताए ।

    न्युरो विभागका प्रमुख समेत रहेका प्रा.डा.झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि यो सेवा सुरु गरिएको हो ।

    images
    images

    यो नयाँ उपचारका लागि बिरामीहरूको छनोट आउँदो चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागमा बिहान १२ बजेदेखि साढे १ सम्म हुने अस्पतालले जानकारी दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend