images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • फेब्रुअरी महिनामा विश्वभर १२ लाख विद्युतीय...

फेब्रुअरी महिनामा विश्वभर १२ लाख विद्युतीय सवारी बिक्री

फेब्रुअरी महिनामा विश्वभर १२ लाख विद्युतीय सवारी बिक्री

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । गएको फेब्रुअरी महिनामा विश्वभर १२ लाखभन्दा बढी विद्युतीय सवारी (ईभी) बिक्री भएका छन् । चीनमा मात्रै ईभीको बिक्री ७६ प्रतिशतले बढेको छ ।

    images
    images

    बेलायती बेञ्चमार्क कम्पनी रो मोसनका अनुसार ईभी र हाइब्रिड गाडीको यो बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।

    अमेरिका र युरोपले चीनमा निर्मित ईभी ब्रान्डमाथि कडाइ गर्न थालेको छ । त्यसैले १२ लाखमध्ये एक तिहाई ईभी चीनमा बिक्री भएको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांक छ ।

    images
    images

    चिनियाँ ईभी निर्माता बीवाईडीले अमेरिकी टेस्लालाई सन् २०२३ को चौथो त्रैमासिकमा कुल गाडी बिक्रीमा पछि पारेको थियो । चिनियाँ ईभीले विश्वभर आफ्नो बजार विस्तार गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend