images

२०८३ आश्विन २ गते

images
images
images

आज सिन्धु विकास बैंकको साधारण सभा हुँदै

आज सिन्धु विकास बैंकको साधारण सभा हुँदै

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । आज यस  सिन्धु विकास बैंकको १४औं र १५ औं वार्षिक साधारण सभा बस्दैछ। बैंकले यो सभा यसअघि नै फागुन २८ गते बोलाएको थियो। तर गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।

    images
    images

    सभामा बैंकको हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र मर्जरको लागि अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, प्रबन्धपत्र र नियमालीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।

    यस्तै, गत दुई आवको वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, उनका पारश्रमिक अनुमोदन र चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारणका विषयमा पनि प्रस्ताव प्रस्तुत गरिनेछ। यसको अतिरिक्त, स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्ति पनि सभामा अनुमोदन गरिनेछ।

    images
    images

    सभामा भाग लिनको लागि, बैंकले १५ फागुनमा बुक क्लोज गरेको छ। यसका आधारमा, १३ फागुनसम्म कायम सेयरधनीहरूले आजको साधारण सभामा भाग लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend