images

२०८३ आश्विन २ गते

images
images
images

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • हुम्ला । जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए ।

    images
    images

    नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८०, कागुनोको चामल प्रतिकेजी १८०, सिमी प्रतिकेजी १७०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्रतिकेजी १२० र कोदो प्रतिकेजी १०० रुपैयाँ निर्धारण गरिएको छ ।

    चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० बढाइएको छ ।यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो ।रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend