काठमाडौंः सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुने सहितका क्षेत्रमा सरकारले सेना खटाएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाएपछि नेपाली सेना बख्तरबन्द गाडी सहित तीनकुने क्षेत्रमा देखिएको हो ।
स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजे सम्मका लागि कर्फ्यू जारी गरेको छ ।
राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भए सँगै प्रहरीलाई पनि आगजनी गर्ने माथि गोली चलाउन अनुमति दिइएको छ।





.gif)





