images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • मन्त्रालयमा उपकुलपति बरालको राजीनामाबारे छैन...

मन्त्रालयमा उपकुलपति बरालको राजीनामाबारे छैन औपचारिक जानकारी

मन्त्रालयमा उपकुलपति बरालको राजीनामाबारे छैन औपचारिक जानकारी

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजंग बरालले किन राजीनामा दिए भन्ने जानकारी आफूलाई नरहेको बताएकी छन्।आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा आफू अनभिज्ञ रहेको बताएकी हुन्।

    images
    images

    आफूले पनि सञ्चार माध्यमबाट नै राजीनामाको जानकारी पाएको उनको भनाइ थियो।शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको हुन सक्ने भन्दै उनले आज आउने विश्वास व्यक्त गरिन्।मन्त्री भट्टराईले भनिन्, ‘जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो। किनभने, उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो। त्यसकारण आज दिउँसोसम्म थाहा होला। मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो। औपचारिक हिसाबले कुनै पनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिनँ। अर्को बैठकमा सबै कुरा बुझेर आइसकेपछि यहाँहरूलाई पुनः जानकारी गराउने प्रतिबद्धता जनाउँछु।’उपकुलपति बरालले स्वास्थ्यको कारण जनाउँदै शनिबार राजीनामा दिएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend