काठमाडौं । गरिमा विकास बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले कोहलपुर, नारायणगढ, वालिङ र बेनी क्षेत्रको शाखाहरूमा कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थी सहायकदेखि सहायक तहको विभिन्न पदहरूको लागि आवेदन खुला गरेको छ। बैंकले सहायक तहको अन्य पदहरू (जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर ) पदको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारहरूले चैत ३१ गतेभित्र आवेदन दिनु पर्ने छ।
इच्छुक उम्मेदवारले मान्या प्राप्त विश्वविधालयबाट उक्त विषयमा १०२ पास गरी दोस्रो श्रेणीमा अंक प्राप्त गरेको हुनु पर्छ भने बैंकिङ क्षेत्रमा कम्तीमा दुई वर्षको काम गरेको अनुभव हुनु पर्ने छ। स्नातक उत्तीर्ण, स्थानीय बासिन्दा र दुईप्राङ्ग्रे सवारी चालक अनुमति पत्र भएको उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जानकारी दिएको छ।




.gif)





