images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा...

संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक बस्दै (कार्यसूचीसहित)

संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक बस्दै (कार्यसूचीसहित)

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौंः संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक बस्दै । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    images
    images

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुनेछ ।

    यस्तै अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची पनि रहेको छ ।

    images
    images

    विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend