images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश...

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं ।  मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता अभिवृद्धि तथा व्यावसायिक आदानप्रदानको उद्देश्यले एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।यो सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीसम्बन्धी ज्ञान हासिल गर्न सक्नेछन्। 

    images
    images

    साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको अवसर पनि प्रदान गर्नेछ। यसले विद्यार्थीहरूको क्षमता विकास, वित्तीय जागरूकता अभिवृद्धि, विद्युतीय कारोबारका जोखिमबारे सचेतना र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।यो सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ। जसबाट विद्यार्थीहरूले व्यावहारिक ज्ञान प्राप्त गर्नुका साथै रोजगारीको अवसरसमेत पाउनेछन्।

    यसैबीच, मुक्तिनाथ विकास बैंकले हालै “एक फाइदा अनेक” नारा सहित ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। यसका साथै मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, र खातामै रेमिट्यान्स जम्मा गर्न सकिने सुविधाहरू पनि उपलब्ध गराएको छ। यी सबै सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।यो सहकार्य र प्रविधिमैत्री सेवाले विद्यार्थी तथा ग्राहकहरूलाई थप सुविधा र अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend