images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • ४ बैंकले ६ अर्ब १५ करोड...

४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण जलविद्युत परियोजनामा लगानी गर्ने

४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण जलविद्युत परियोजनामा लगानी गर्ने

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनामा ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । मंसिर २४ गते सोमबार दिन प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजनामा सिटिजन्स बैंकको अगुवाईमा एभरेष्ट , नेपाल एसबीआइ र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

    images
    images

    उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५२५ को ऋणः स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड लगानी गर्नेछन् भने २५% स्वपुँजी प्रवद्धकहरुबाट जुटाइने छ ।

    परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेसनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend