images

२०८३ आश्विन १ गते

images
images
images

चेतन अयडी हत्या प्रकरणमा फैसला आउँदै

चेतन अयडी हत्या प्रकरणमा फैसला आउँदै

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • बाजुरा । बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला हुने भएको छ । बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ तथा बहस सकिएको छ ।बुधबार र बिहीबार लगातार दुई दिन भएको बहसपछि अदालतले अब फैसला सुनाउने तयारी गरेको हो । जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए । अभियुक्तहरूका तर्फबाट भने जगत बमलगायत कानुन व्यवसायीले बहस गरेका थिए ।

    images
    images

    यस मुद्दामा २४ जना प्रतिवादी छन् । तीमध्ये ७ जना पुर्पक्षका लागि थुनामा, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको अदालतको मुद्दा विवरणमा उल्लेख छ ।अभियोगपत्रमा ६ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर आजन्म कैद तथा बाँकी १८ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजायको माग गरिएको छ ।

    के भएको थियो घटना ?

    images
    images

    २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौँमा चेतनदीप अयडीको हत्या भएको थियो । निर्वाचनका बेला ठूलो समूहले अयडीको घर घेरा हाली कुटपिट गरेर हत्या गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।घटनापछि लामो समयदेखि अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा निरन्तर सुनुवाइ हुँदै आएको थियो । बहस सकिएसँगै अब अदालतको फैसलातर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

    २४ प्रतिवादीको अवस्था

    थुनामा रहेका :

    धनराज थापा
    जंग भन्ने शेरबहादुर अयडी
    खेमराज अयडी
    सागर अयडी
    लोकेश अयडी
    जीवन अयडी
    पदम अयडी

    धरौटीमा रहेका :

    मंगल भन्ने मदनबहादुर अयडी
    निरजबहादुर अयडी
    नरबहादुर अयडी
    उद्धवबहादुर अयडी
    रतनबहादुर अयडी
    अनिता रौले अयडी
    मोहनबहादुर अयडी
    नवीनबहादुर अयडी
    ईश्वरीदेवी अयडी
    धनादेवी अयडी
    नरेशबहादुर अयडी

    साधारण तारिखमा रहेका :

    भूपाल अयडी
    चक्र अयडी
    रुपा चौधरी अयडी
    जुद्ध अयडी
    रनसिंहबहादुर अयडी
    विनोद अयडी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend