images

२०८३ आश्विन १ गते

images
images
images
  • शिक्षा
  • त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन...

त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।

    images
    images

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थी पनि समारोहमा सहभागी हुन योग्य हुनेछन्।

    योग्य विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने कार्यालयले जनाएको छ।

    images
    images

    सातै प्रदेशमा दीक्षान्त समारोहका केन्द्र

    विद्यार्थीलाई सहजता प्रदान गर्ने उद्देश्यले यसपटक त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समारोहका लागि केन्द्र निर्धारण गरिएको हो।

    अनलाइन फाराम भर्दा विद्यार्थीले आफू सहभागी हुने केन्द्र अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ। तर एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ।

    तहअनुसार फरक शुल्क

    दीक्षान्त समारोहमा सहभागी हुन स्नातक तहका विद्यार्थीका लागि ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिल तहका लागि ३ हजार ५ सय रुपैयाँ र पीएचडीका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

    त्यस्तै, गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। उक्त रकमबाट ५ सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    दुई जनासम्म अभिभावक सहभागी गराउन सकिने

    दीक्षान्त समारोहमा प्रत्येक विद्यार्थीले बढीमा दुई जना अभिभावक सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ फिर्ता नहुने शुल्क लाग्नेछ।

    त्यस्तै, प्रमाणपत्र राख्नका लागि त्रिभुवन विश्वविद्यालयको लोगो अंकित फोल्डर आवश्यक पर्ने विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार दीक्षान्त समारोहसँग सम्बन्धित सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र दाखिला गर्न सकिनेछ।

    त्रिविले योग्य विद्यार्थीलाई तोकिएको समयभित्र अनलाइन आवेदन भरी आवश्यक शुल्क दाखिला गर्न आग्रह गरेको छ।

    t2.webpt1.webp

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend