प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताएकी छन् । उनले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गरेकी हुन् ।आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उनले बाह्य शक्तिहरूले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताएकी हुन् । उनका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग ५७ वटा शक्तिशाली आणविक हतियार रहेको बताएका छन् भने दक्षिण कोरियाले यो सङ्ख्या ८० देखि १२० सम्म रहेको अनुमान गरेको छ । भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलन चलिरहेका बेला किम यो जोङको यस्तो प्रतिक्रिया आएको हो ।सन् २०१९ मा किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पबीच आणविक निशस्त्रीकरणको बदलामा प्योङयाङले पाउने सुविधाबारे भएको दोस्रो शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार गर्दै आएको छ ।




.gif)



