images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो...

मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो संसदीय समिति

मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो संसदीय समिति

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • रुपन्देही । संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आएको छ ।समितिले बुधवार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ ।

    images
    images

    समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेन्ट तथा डण्डीमा अस्वाभाविक रूपमा मूल्यवृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्ययन गरी सरकारलाई यथार्थता जानकारी गराउने बताए ।पाँच दिने स्थलगत अध्ययनको लागि पाँच जना सांसद र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्ययनको लागि यहाँ आएको हो ।

    टोलीमा समितिका सदस्य एवं सांसद रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादव, रुक्मणी राना, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन रहेका छन् ।समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, विशेष आर्थिक क्षेत्र (सेज), सिमेन्ट तथा डन्डी उद्योगहरूको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।स्थलगत अनुगमन एवं सरोकारवालाहरूसँग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपायसहित सरकारलाई आफ्नो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिए ।

    images
    images

    यसैबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले बिहीबार समितिसँग भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्यवृद्धिका कारण उपभोक्तामा परेको असरबारे जानकारी गराएका छन् ।उनले पछिल्लो समय अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताहरू मरमा परेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend