images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाल डेरी एसोसिएसनको क्यालेन्डर विमोचन कार्यक्रम...

नेपाल डेरी एसोसिएसनको क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

नेपाल डेरी एसोसिएसनको क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य श्मनोज कुमार यादवको अध्यक्षतामा विगतको वर्षहरूमा जस्तै यस वर्ष २०८२ सालको टेबल क्यालेण्डर नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीको प्रमुख आतित्यतामा सम्पन्न भएको छ ।

    images
    images

    उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका बोर्ड सदस्य मनोज कुमार चापागाईं, नेपाल पाउरोटी संघका अध्यक्ष कमलराज अधिकारी, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे एवं महासचिव श्रीकृष्ण भण्डारी, यार्सागुम्बा व्यवसायी संघका अध्यक्ष निराजन चलाउने, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका केन्द्र, प्रदेश र विभिन्न जिल्लाका पदाधिकारी एवं सदस्यहरू साथै डेरी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख अतिथि राजकुमार कार्कीले नेपाल डेरी एसोसिएसनले गरेका महत्त्वपूर्ण कार्यहरूको वर्णन गर्दै विशेषगरी एसोसिएसनले चलाएको मोही अभियानको प्रशंसा गरेका थिए, भने एसोसिएसन कृषि उद्यम केन्द्रमा रहेका सदस्यहरु मध्ये एक सशक्त संगठन रहेको कुरा व्यक्त गर्दै देशको कृषि क्षेत्रको बारेमा विभिन्न कुराहरूको जानकारी गराएका थिए ।यस्तै, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंले क्यालेन्डरको बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनले गरेका गतिविधिहरु र दुग्ध क्षेत्रको बारे बताउँदै नयाँ सालको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी, यार्सागुम्बा संघका निराजन चलाउनेले नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको क्यालेन्डर एवं एसोसिएसनले गर्ने अन्य गतिविधिहरु र आफ्ना प्रोडक्टहरुलाई नै उपहार स्वरूप दिने चलन चलाएकोमा विशेष धन्यवाद दिएका थिए ।

    images
    images

    यसैगरी, नेपाल पाउरोटी संघका अध्यक्ष कमलराज अधिकारीले आगामी दिनमा पनि एसोसिएसनले गर्ने हरेक कार्यमा सँगै सहकार्य गर्दै अगाडि बढ्ने कुरा बताउँदै शुभकामना व्यक्त गरेका थिए ।त्यस्तै, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनले गर्ने गतिविधिमा सदस्यहरूको साथ र सहयोग, उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको साथ र सहयोगले नै आज एसोसिएसनको उचाइ यो स्थानमा पुगेको कुरा बताउँदै सबैलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष देवप्रसाद धमलाले आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा राखेका थिए । कृषि तथा पशुपन्छी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि अत्यन्तै प्रशंसनीय भएको कुरा बताउँदै आफू नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि प्रति कृतज्ञ रहेको बताए, भने व्यवसायी संघकै महासचिव श्रीकृष्ण भण्डारीले एसोसिएसनले आयोजना गरेको मोही अभियान, क्यालेण्डर विमोचन, विद्यालयमा दुधपानलगायतका सबै गतिविधिहरूको उच्च प्रशंसा गर्दै नयाँ वर्षको सबैलाई शुभकामना शुभकामना दिएका थिए ।

    यस्तै, उक्त कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य राममक्त दाहालले एसोसिएसनले गरेका गतिविधि अत्यन्तै प्रशंसनीय भएको कुरा बताए । त्यसैगरी, कार्यक्रमको अन्त्यमा सभापति एवं क्यालेन्डर प्रकाशन समितिका संयोजक मनोज कुमार यादवले क्यालेन्डर प्रकाशनको क्रममा सहयोग गर्ने विज्ञापन दाता एवं विभिन्न तह र तवरबाट सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई एसोसिएसनले उपहार स्वरुप मोही, चिज, मःम आदि प्रदान गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend